
काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ५९, ८३ वर्षीय पुरुष, काठमाडौंकै ५५ बर्षीया महिला, चितवनको ६२ वर्षीय पुरुष र कपिलवस्तुको २९ वर्षीया पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस