aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अक्सफोर्डको भ्याक्सिन परिक्षण गरिएकी महिलामा के असर देखिएको थियो ? त्यसपछि परिक्षण रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
अक्सफोर्डको भ्याक्सिन परिक्षण गरिएकी महिलामा के असर देखिएको थियो ? त्यसपछि परिक्षण रोकियो

एजेन्सी । सम्पूर्ण विश्व कोरोना भाइरस खोपको लागि पर्खिरहेको छन । यस्तो अवस्थामा अक्सफोर्डले उत्पादन गरेको खोपको परीक्षण रोक्ने निर्णयले सबैको आशामा ठूलो चोट पु¥यायो । यो खोपको परिक्षणका क्रममा एक जना स्वयंसेवकमा खराब असर गरेपछि परीक्षणमा केही समस्या भएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका मिलेर कोरोना भाइरस खोप बनाइरहेका छन् ।

एस्ट्राजेनेकाका अनुसार खोपको परिक्षणपछि युकेमा महिलालाई मेरुदण्डको हड्डीमा गम्भीर असर परेको छ । त्यसकारण कम्पनीले यो ट्रायल रोक्न निर्णय गरेको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारीले एक सम्मेलनमा भने, बिरामीको अवस्था अब सुधारिएको छ र उनी छिट्टै अस्पतालबाट डिस्चार्ज हुदैछिन ।

एस्ट्राजेनेकाका प्रवक्ताले भने, ’यो नियमित कार्य हो जुन प्रायः कुनै पनि परीक्षणमा अज्ञात रोगको जाँच गर्दा हुन्छ । हामी सुनिश्चित गर्छौं कि परीक्षण पूर्ण इमान्दारीको साथ गर्नेछा । खोपको समीक्षालाई छिटो सक्ने र परीक्षणको समयसिमालाई घटाइ यसको खराब प्रभाव घटाउने काम भइरहेको पनि प्रवक्ताले बताए।

अनुसन्धानकर्ताहरूले भने, सावधानीलाई ध्यानमा राखी थप खोपको परिक्षण स्थगित गरिएको छ । अनुसान्धानमा संलग्न अर्को व्यक्तिले भने, यस घटनाले एस्ट्राजेनेकाका सबै खोप परीक्षणहरूमा प्रभाव पारेको छ ।  साथै, अन्य खोप निर्माताहरूले गरेका क्लिनिकल परीक्षणहरू पनि प्रभावित भएका छन् । 

यो परीक्षण रोक्नु भन्दा एक दिन पहिला एस्ट्राजेनेका र ८ अन्य औषधि कम्पनीहरूलाई उनीहरूको खोप पूर्ण नैतिक र वैज्ञानिक मापदण्डमा बनाइएको थियो भनेर भनिएको थियो । 

अक्सफोर्ड खोपको परीक्षण पुनः शुरु गर्न कम्पनीबाट कुनै पनि जानकारी आएको छैन । फाइनान्सियल टाइम्सको एक रिपोर्टका अनुसार एस्ट्राजेनाले अर्को हप्ता आफ्नो प्रयोगात्मक कोरोनाभाइस खोपको परीक्षण पुनः सुरु गर्न सक्ने समाचार प्रकाशन गरेको छ ।
 
साथै, विश्व स्वास्थ्य संगठनले यो खोपको बारेमा एक विज्ञप्ति पनि जारी गरेको छ । डब्ल्यूएचओले कुनै पनि हालतमा यो खोपको सुरक्षामा कुनै सम्झौता हुनु हुँदैन भनेको छ । डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले रोयर्सलाई भने कोविड १९ को पहिलो र अनिवार्य प्राथमिकता भनेको खोपको सुरक्षा हुनुपर्दछ । उनले भने, ’हामी खोप चाँडै ल्याउने बारेमा कुरा गर्छौं तर यसको मतलब यो हुँदैन कि यसको सुरक्षामा कुनै प्रकारको सम्झौता वा कटौती गरिनु पर्छ।’

प्रतिक्रिया दिनुहोस