
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ। पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट पुनः पोजिटिभ आएको हो।
मन्त्री घिमिरेको स्वकीय सचिवालयका अनुसार बिहीबार उनले पुनः पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। मन्त्री घिमिरेको रिपोर्ट शुक्रबार बिहान पुनः पोजिटिभ आएको हो। मन्त्री घिमिरेलाई पहिलो पटक भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस