काठमाडौं । नेपालमा १४५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४५४ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ रहेको छ । संक्रमित मध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा ९७२ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस