aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

काठमाडौं उपत्यकामा आज पनि थपिए ६९६ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए ६९६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो ।  

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ रहेको छ । संक्रमित मध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किसकेका छन् ।  पछिल्लो २४ घण्टामा ९७२ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस