aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फुटबल स्टार नेयमार कोरोना मुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
फुटबल स्टार नेयमार कोरोना मुक्त

एजेन्सी  । ब्राजिलियन फुटबल स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको ट्वीट गरेका छन् । नेयमारले सन २०१७ मा फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी) सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार सम्झौता गरेका थिए । 

सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।

 नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् ।

प्रतिक्रिया दिनुहोस