aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

काठमाडौं उपत्यकामा आज पनि थपिए ४३१ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए ४३१ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 
 
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने  ८५२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३७ हजार ५२४ जना पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस