
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५ जना सहित १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ७६ वर्षीया महिला, ५१, ५४, ७२, ३८ वर्षीया पुरुष, सुनसरीका ४३ वर्षीया पुरुष, पर्साका ७८ वर्षीय महिला, चितवनका ६१ वर्षीया पुरुष, तनहुँका ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस