aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शक्तित्तोलन बिजेता रुप कार्कीलाई अमेरिकामा एक स्वर्ण र एक रजत गरि दुई पदक प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
शक्तित्तोलन बिजेता रुप कार्कीलाई अमेरिकामा एक स्वर्ण र एक रजत गरि दुई पदक प्राप्त

डिसी । अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका आफ्नो वजनका अन्तरराष्ट्रिय बिजेता शक्तित्तोलक रुप कार्कीलाई पावर लिफ्टिंग (शक्तित्तोलन)प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक प्राप्त भएको छ ।

अमेरिकाको भर्जिनिया राज्य कै चर्चित शहर मनासस नजिक हे मार्केट शहरमा आयोजना भएको प्रतियोगितामा उनले एकैदिन दुईवटा पदक प्राप्त गरेका हुन् ।

१२ सेप्टेम्बर २०२० सम्पन्न युएसएपीएल शक्तित्तोलन मास्टर २ प्रतियोगिता अर्थात आफ्नो वजन १०५ केजी र उमेर समूहमा प्रथम र १०५ केजी कै खुला प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएका छन ।

१०५ केजी कै खुला प्रतियोगितामा करिव ६० जना सहभागी मध्ये उनी द्वितीय भएका हुन् । खेलाडी कार्कीले कूल कुल ६ सय ४० किलो उठाएका थिए । कोरोना भाइरसको महामारीमा पनि नियमित अभ्यास गर्दै आएका कार्कीले पुन दुई वटा पदक पाएकोमा खुसि व्यक्त गरेका छन ।

शक्तित्तोलक कार्कीले २०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए ।

कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने सम्भवत उनी पहिलो नेपाली खेलाडी हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् । 

प्रतिक्रिया दिनुहोस