
एजेन्सी । भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन्। कोभिड १९ संक्रमणलाई जितेका शाहलाई फेरि श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहलाई करिब दुई हप्तापछि पुनः गए राती दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो। गृहमन्त्री शाहले अगस्ट १४ मा कोरोना संक्रमण भएकाले आफू केही दिन घरमै आइसोलेसनमा रहने ट्वीटर मार्फत् बताएका थिए। तर अगस्ट १८ मा स्वास्थ्यमा समस्या आएपछि उनी एम्स अस्पताल भर्ना भएका थिए।
अस्पताल भर्ना भएको १३ दिनपछि उनी अगस्ट ३१ मा डिस्चार्ज भएका थिए। अस्पतालले अगस्ट ३० मा उनी निको भएकाले उनलाई डिस्चार्ज गरिएको बताएको थियो।
प्रतिक्रिया दिनुहोस