
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंका ६ सहित देशभर ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६ जना सहित ९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया दुई महिला, ५९, ७०, ६४, ५९ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिला रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस