aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५४ हजार १५९ रहेको छ । संक्रमित मध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ११७३ जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस