
काठमाडौं । अब पीसीआर परिक्षण दुई हजारमै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालामा पीसीआर परिक्षण अब दुई हजारमै गरिने बताएका हुन् ।
उनले भने, ‘अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पीसीआर परिक्षणको शुल्क पुनरावलोकन गरिएको छ । बजारमा रिएजेन्ट र अन्य समानहरुको मूल्य घटेको आधारमा यो संसोधन गरिएको हो । कोभिड १९ को पीसीआर परिक्षण शुल्क सबै प्रयोगशालामा (सरकारी र निजि) सबैशुल्कसहित अधिकतम रु. २००० तोकिएको छ ।’
सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो ।
त्यस्तै, बङ्लादेशबाट प्राप्त भएको रेम्डिसिभिर औषधि स्वास्थ्य अनुसन्धानको निर्देशिका अनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालहरुमा बिरामीको चाप अनुसार वितरण गर्ने र त्यसको सम्पुर्ण विवरण मन्त्रालयमा पेश गर्ने निर्णय भएको पनि डा. गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस