
एजेन्सी । चीनको राष्ट्रिय खोप निर्माता ’चाइना नेसनल बायोटेक ग्रुपले कोरोना खोपलाई सुरक्षित औषधिको रूपमा विकास गरेको बताएको छ । खोप विकासकर्ताका अनुसार हालसम्म एक लाखभन्दा बढी व्यक्ति खोप दिइइसकेको दावी समेत गरेको छ । दुबै खोपहरू (कोरोना भाइरस भ्याक्सिन) खोप लगाईएको व्यक्तिले कुनै पनि साइड इफेक्ट देखेको बताइएको छ ।
एस्ट्राजेनेका–अक्सफोर्डयुनिभर्सिटीद्वारा विकास गरिएको खोपको परिक्षणमा नै राइट इफेन्ट देखिपछि चिनियाँ कम्पनीले खोपको विकासमा थप ध्यान दिइरहेको छ । चीनले रिकाम्बिनेट एडिनोवायरसमा थप ध्यान दिइरहेको बताइएको छ । खोप निर्माणमा संलग्न एक विकासकर्ताका अनुसार अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिहरूलाई यो खोप दिइइसकेको छ र अहिलेसम्म यसको कुनै खराब परिणाम आएको छैन ।
चीनका स्वास्थ्य विज्ञका अनुसार “चीनले फेरि प्रमाणित गर्यो कि कोभिड १९ विरूद्ध उसले बनाएको खोप एकदमै सुरक्षित छ ।’ यो सबै पश्चिमी देशहरूलाई चुनौति पनि हो जसले सुरुमा खोपको गुणस्तर र सुरक्षामा उनीहरुले चीनले विकास गरेको खोपप्रति औंला उठाएका थिए । भ्याक्सिन निर्माणको दौडमा चीनले अग्रणी भूमिका देखाउदै महामारी रोकथाम र नियन्त्रणमा ठूलो उदाहरण बन्ने दौडमा अघि छ ।
सीएनबीजीका परामर्शदाता झोउ सोगले भने, ‘चीनले तत्काल प्रयोगको लागि तीनवटा खोपलाई अनुमोदन गरेको छ, जसमध्ये दुईवटा सीएनबीजीले विकास गरेका हुन । यी खोपहरू मेडिकल स्टाफ, कूटनीतिज्ञहरू र उच्च जोखिम समूहका कर्मचारीहरूलाई दिइएका छन् । जो विदेशमा वा उच्च जोखिमयुक्त स्थानहरूमा पठाइएका थिए । खोप लगाएपछि उनीहरु धेरै महिना विदेशमा बसे तर कुनै पनि नकारात्मक असर देखिएन ।’
झोउका अनुसार यी व्यक्तिहरू महामारीको शुरूमा विदेशमा रहेका थिए । हालसालै विदेश पठाइएका पनि होइनन् । खोप दिइएपछि हजारौं संक्रमित मानिसहरूलाई विदेश पठाइएको छैन । जसबाट खोप कति प्रभावकारी छ भन्ने प्रमाणित गर्दछ उनले भने ।
चीनको ’बायोसाइ्रन्सेन्स’का प्रमुख वैज्ञानिक अधिकारी एस्ट्राजेनेका अनुसार अक्सफोर्ड विश्वविद्यालयमा खोपमा जस्तो संयन्त्र प्रयोग गरिए पनि यसको सुरक्षामा जोड दिदै आएको छ । दुईवटा खोपहरू बिचको मुख्य भिन्नता भनेको क्यान्सिनो बायोलजिकले मानव शरीरको एडेनोवायरस प्रयोग गरेको छ । जबकि एस्ट्राजेनेका–अक्सफोर्डले बादरको एडेनोभाइरस प्रयोग गरेको छ ।
वुहान विश्वविद्यालयको प्याथाजन जीवविज्ञान विभागका यांग झांक्यूले शुक्रबार ग्लोबल टाइम्सलाई भनेका छन, चिनियाँ स्वयंसेवकहरूलाई खोप लगाउनु पूर्व नै दुई चरणको क्लिनिकल परीक्षणको सफलतापूर्वक पार गरिसकेको छ । परीक्षणको पहिलो चरणमा जसमा टाक्सिक इफेन्टसको अनुसन्धान गरिएको थियो त्यहाँ कुनै समस्या आएको थिएन ।
प्रतिक्रिया दिनुहोस