
काठमाडौं । नेपालमा ११७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११७० जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ रहेको छ । संक्रमित मध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा ८७९ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस