aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरैको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । २४ घण्टामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

मृत्यु हुनेमा काठमाडौंका ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५, ७० वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, मोरङका ४० र ७० वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष,  रामेछापका २३ वर्षीय पुरुष, गोरखाका २३ वर्षीया महिला, नवलपरासीका ६२ वर्षीया महिला, पर्साका ५५ वर्षीया महिला र कपिलवस्तुका ४७ वर्षीया महिला रहेका छन् ।  

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।   

No photo description available. 

 

प्रतिक्रिया दिनुहोस