
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११७० जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने ८७९ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३९ हजार ५७६ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस