aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ रहेको छ । संक्रमित मध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किसकेका छन् ।  
पछिल्लो २४ घण्टामा ८७९ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस