aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाईदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाईदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउने भएको छ । इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको तर पारित भएको छैन । निर्णय पारित भएपछि कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।   

प्रतिक्रिया दिनुहोस