
काठमाडौं । ओपोले ए सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ओपो ए ५३ स्मार्टफोन नेपालमा सार्वनजिक गर्नका लागि सबै तयार भएको जानकारी दिएको छ।
५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १८ वाट फास्टको फास्ट चार्जर पनि रहेको छ ।
‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ’ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।
यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत अतिरिक्त ब्याट्री क्षमता बढाउने कम्पनीको दाबी छ । त्यस्तै स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा २ प्रतिशत ब्याट्री क्षमता बचत गाराउने कम्पनीको दाबी छ ।
४ जीबी र्याम भएको यो फोनमा २५६ जीबी अतिरिक्त क्षमता विस्तारको क्षमता रहेको छ ।
१६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ । यसमा तीनओटा क्यामेरा सेटप रहेको छ ।
म्यूजिक पार्टी, मल्टि यूजर मोड, आइकन पूल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली रहेको छ ।
नेपाली बजारमा ६४ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोन सेप्टेम्बरभित्र सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस