
काठमाडौं । नेपालमा १४५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ रहेको छ । संक्रमित मध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा १०६२ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस