
काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाका ३५ वर्षीया महिला, बाराका ५५ वर्षीया महिला, काठमाडौंका ८६ वर्षीया महिला, ३४, ९६, ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस