aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ रहेको छ । संक्रमित मध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा १०६२ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस