aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

भागेर अमेरिका पुगेकी चिनियाँ वैज्ञानिकले ट्विटरमार्फत यसरी खोलिन् कोरोनाको राज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
भागेर अमेरिका पुगेकी चिनियाँ वैज्ञानिकले ट्विटरमार्फत यसरी खोलिन् कोरोनाको राज

हङकङबाट भागेर अमेरिका पुगेकी चिनियाँ भाइरोलोजिस्ट डा. लि म्याङ यानले अब ट्विटर मार्फत कोरोना भाइरस (कोभिड १९) बारे चीनले लुकाएको तथ्य सार्वजनिक गर्न शुरु गरेकी छिन् । 

केहिदिन अघि एउटा बेलायती टेलिभिजनलाई अन्तर्वाता दिदै कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको ठोस प्रमाण आफूसँग रहेको दाबी गरेपछि यान चर्चाको केन्द्रमा छिन् ।  

हङकङ विश्व विद्यालयमा प्राप्त सम्मानित जागिर छोड्दै पिएचडी समेत गरिसकेकी वैज्ञानिक यान केहि समय पहिले भागेर अमेरिका पुगेकी थिइन् । उनले आइतबार मात्रै ट्विटर एकाउन्ट समेत खोलेकी छिन् । जस मार्फत अब उनले चीनले लुकाएका तथ्यहरु सार्वजनिक गर्ने घोषणा गर्ने भएकी हुन्। 

उनले ट्विटरमा राखेको कभर फोटोमा नै लेखेकि छिन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले चाहेजस्ता तथ्यमा आधारित ठोस वैज्ञानिक प्रमाणहरुको तयारीमा लागेकी छु ।’ उनले थप चुनौती दिएकी छिन्, ‘तिमि विज्ञानबारे कुरा गर्न चाहान्छौँ, होइन ! आउ विज्ञानबारे नै कुरा गरौँ ।’ 

यानले सार्वजनिक गरेको पहिलो ट्विटमा लेखेकि छिन्, ‘अब सबैले कोभिड १९ को सत्यताबारे जानकारी प्राप्त गरुन् ।’ त्यसपछि उनले सोमबार गरेको ट्विटमा कोरोना भाइरस प्रयोगशालामा नै निर्माण गरिएको भन्ने ठोस प्रमाणकारुपमा एउटा सोधपत्र सार्वजनिक गरेकी छिन् । जसमा उनी लगायत तिन जना अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानको पुर्णपाठको लिंक पोष्ट गरिएको छ । 

उनले कोरोना भाइरसबारेको सत्यता सार्वजनिक गरेपछि कसरी आफ्नो सोधपत्र नै ह्याक गरियो भन्नेकुरा समेत ट्विटरमा उल्लेख गरेकी छिन् । 
 
कोरोना भाइरस चीनको कुनै ल्याबमा निर्माण गरिएको मानव निर्मित भाइरस हो भन्नेकुरा प्रमाणित गरिएको सोधपत्रको पुर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् । 
 

प्रतिक्रिया दिनुहोस