aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

सुत्दा घुर्ने रोगीलाई कोरोनाका कारण मृत्यु हुनेमा तीन गुणा बढी जोखिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
सुत्दा घुर्ने रोगीलाई कोरोनाका कारण मृत्यु हुनेमा तीन गुणा बढी जोखिम

एजेन्सी । निन्द्रामा घुर्ने (अब्स्ट्रक्टिभ स्लीप एपनिया) रोग भएका मानिसमा कोरोना भाइरसबाट मृत्यु हुनेमा तीन गुणा बढी सम्भावा रहेको तथ्या बाहिर आएको छ । वावरिक विश्वविद्यालयका वैज्ञानिकहरूले अब्स्ट्रक्टिभ स्लीप एपनिया  एपनिया र कोरोना भाइरसको १८ अध्ययन समीक्षा गरेको बताएका छन् । यस अध्ययनमा उनीहरूले निन्द्रा घुर्नेहरु अस्पतालमा भर्ना भएका कोरोना बिरामीहरूमा मृत्युको जोखिम तीन गुणा बढी रहेको देखाएको छ ।

अन्वेषकहरूका अनुसार घाँटीको मांसपेशिमा हुने अब्स्ट्रक्टिभ स्लीप एपनियाको कारणले उनीहरूको वायुमार्ग अस्थायी रूपमा बन्द हुन्छ । यसका कारण मानिसहरू घुर्ने गर्दछन्। अस्पतालमा भर्ना भएका यस्ता बिरामीहरूलाई अझ बढी भाइरसको खतरा बढी हुन्छ ।

अध्ययनका अनुसार मधुमेह, मोटोपना र उच्च रक्तचापका बिरामीहरूमा यो समस्या धेरै मात्रामा रहेको पाइएको छ । यी सबै रोग भएकाहरुमा पनि कोविड १९ बाट मृत्युको जोखिम अझ बढी छ । बेलायतमा मात्रै करीब १५ लाख मानिसहरू ’अब्स्ट्रक्टिभ स्लीप एपनिया’ को शिकार भएका छन् । जसमध्ये ८५ प्रतिशतको रोगको निदान भएको छैन । अमेरिकामा करीब दुई करोड १५ लाख मानिस यस रोगबाट पीडित छन् ।

वैज्ञानिकहरू भन्छन, कोरोना बिरामीहरूको स्वास्थ्यमा अवरोधक निन्द्रा एपनियाको प्रभाव बुझ्न अझ बढी अनुसन्धान आवश्यक छ । यद्यपि अनुसन्धान विज्ञ मिशेल मिलर भन्छन, जब अनुसन्धानका नकरात्मक प्रभावहरु आए भने पनि अचम्भित हुनुपर्दैन । अब्स्ट्रक्टिभ स्लीप एपनियाको मोटोपन जस्तो सबै रोगहरूसँग एक सम्बन्ध राख्छ । जसबाट कोरोना बिरामीहरूको ज्यान जोखिममा हुन्छ।

तसर्थ, अब्स्ट्रक्टिभ स्लीप एपनियाका बिरामीहरूमा कोभिद १९ भाइरस पोजेटिभ देखा पर्दा पनि बढी सतर्क हुनुपर्छ । उपचार राम्ररी गराउनु हुनुहोस् र जोखिम कम गर्न अधिकतम ध्यान दिनुहोस् । मास्क लगाउनुहोस् र सामाजिक दूरी कायम गर्नुहोस् ।

मिशेल मिलर भन्छिन्, कोभिड १९ का कारण विरामीमा अक्सिडेटिभ तनाव र ईन्फ्लेमेन्टको सम्भावनामा उल्लेखनीय बृद्धि गर्दछ । जसले ब्राडीकिनिनले शरीरमा रक्तचाप नियन्त्रण गर्ने तरिकालाई प्रतिकूल प्रभाव पार्छ । अब्स्ट्रक्टिभ स्लीप एपनियाले पनि यस प्रकारको समस्या ल्याउछ । 

यस अध्ययनमा भाग लिने विशेषज्ञहरूले भनेका छन्, अब्स्ट्रक्टिभ पनियाबाट ग्रस्त १० मध्ये ८जना कोरोना बिरामीहरू उच्च जोखिममा रहन्छन् ।  मधुमेह सम्बन्धी एक अनुसन्धानका अनुसार १,३०० बिरामीहरुमा मधुमेह र अब्स्ट्रक्टिभ स्पिल एपनियाको कारण ७ दिनपछि अस्पतालमा भर्ना भएपछि मृत्युको हुनेमा २.८ अर्थात तीन गुणा बढी जोखिम बढ्यो । 

प्रतिक्रिया दिनुहोस