
एजेन्सी । कोरोना भाइरस चीनको ल्याबमा बनाइएको दाबी गर्ने चिनियाँ भाइरोलोजिस्ट डा. लि म्याङ यानको ट्विटर मार्फत सत्य सार्वजनिक गर्ने प्रयासमा समेत अंकुश लगाइएको छ ।
कोरोना भाइरसबारेको सत्यता सार्वजनिक गर्ने उद्धघोषकासाथ चिनियाँ कम्युनिस्ट पार्टीलाई चुनौती दिँदै उनले ट्विटर अकाउन्ट खोलेकी थिइन् । अकाउन्ट खोलेको ४८ घण्टा नपुग्दै ६० हजार भन्दा बढीले उनलाई ट्विटरमा फलो गरेपछि उनको अकाउन्ट नै सस्पेन्ड गरिएको छ ।
उनले जम्मा ४ वटा ट्विट गर्न भ्याएकी थिइन । जसमध्ये एउटामा कोरोना भाइरस मानव निर्मित हो भन्ने पुष्टि गर्ने सोध अनुसन्धानको पूर्ण पाठ सार्वजनिक गरेकी थिइन् । जसमा कोरोना भाइरस कसरी मानिसले बनाइएको हो भन्ने तथ्य र प्रमाणहरू पेस गरिएको छ ।
यसरी एक जना वैज्ञानिकले समसामयिक विषयमा तथ्य प्रमाणहरू पेस गर्दा ट्विटरको कुन नीति नियम उल्लङघन भयो भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन । जम्मा ४ वटा ट्विट र त्यसमध्ये एउटामा आफूसमेत संलग्न रहेको अनुसन्धानात्मक लेखको लिंक पोस्ट गर्दा कसरी ट्विटरको नियम उल्लङघन भयो भन्ने प्रश्न अहिले यानका शुभचिन्तकले गरिरहेका छन् ।
मानिसहरूको के विश्वास छ भने ट्विटरलाई या चीनले ठुलै दबाब दियो या त मूलधारका वैज्ञानिक भनाउँदाहरुको समूहको दबाब उसले थेग्न सकेन । जे होस ट्विटर मार्फत सत्यता प्राप्त गर्ने विश्वभरिका मानिसहरूको आशा माथि तुसारापात भएको छ ।
तर, वैज्ञानिक यान रोकिएकी छैनन् । उनले भर्खरै मात्र फक्स न्युजलाई दिएको अन्तरवार्तामा आफू अहिले निशानाको केन्द्रमा रहेको र चिनियाँ कम्युनिस्ट पार्टीले आफूलाई बेपत्ता पार्ने प्रयत्न गरिरहेको बताएकी छिन् ।
अन्तरवार्ताका क्रममा उनले भनेकी छिन्, ‘मैले सत्यता खोल्ने प्रयत्न गरिरहेकी छु । तर, उनीहरू मानिसहरूले सत्य थाहा नपाउन भन्ने चाहन्छन् ।’ उनको दाबी छ—त्यसै कारण मलाई ट्विटरबाट हटाएर मेरो आवाज दबाउन खोजिएको छ ।
आफूले विश्व स्वास्थ्य संगठनको रिफरेन्स ल्याबमा काम गरिसकेको र हङकङ स्थित विश्वकै सर्वश्रेष्ठ मध्ये गनिएको प्रयोगशालामा काम गरेको बताउँदै उनले कोरोना भाइरसको विस्तार शुरु हुनु पूर्व नै यसबारेका कतिपय गोप्य कुराहरू आफ्नो जानकारीमा आएको बताएकी छिन् । उनले फक्ससँगको अन्तरवार्तामा समेत पटक पटक कोरोना भाइरस प्राकृतिक नभएर मानव निर्मित नै रहेको दाबी गरेकी छिन् ।
यो पनि पढ्नुहोस् : भागेर अमेरिका पुगेकी चिनियाँ वैज्ञानिकले ट्विटरमार्फत यसरी खोलिन् कोरोनाको राज
प्रतिक्रिया दिनुहोस