aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

अब मृत्यु भइसकेपछि कोरोना परीक्षण नगरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
अब मृत्यु भइसकेपछि कोरोना परीक्षण नगरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने भएको जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो।  

प्रवक्ता गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा भने, ‘अब उप्रान्त शंकास्पद कुनै पनि रोगबाट मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण हुने छैन। अबदेखि शवबाट स्वाब लिएर कोरोना जाँच नगर्नुहोला ।’ स्वास्थ्यका सबै सुरक्षा मापदण्ड पालना गरेर शव व्यवस्थापन गर्नुहोला। गौतमले शव व्यवस्थापनमा खटिएकाहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा बस्‍न पनि आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस