
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । २४ घण्टामा थपिने कोरोना संक्रमितको यो संख्या हालसम्मकै धेरै हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६५२ जना, ललितपुरका ६० जना र भक्तपुरका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालभर कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने १०६८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ४१ हजार ७०६ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस