aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

“जस्तो सुकै  परिस्थितीमा पनि बिरामीलाई हामी सेवा गर्छौँ” (भिडियाेसहित)

  • राम कार्की
    राम कार्की
  • विहीबार, ०१ असोज २०७७

 हाल विश्वभर फैलिरहेको मानव समुदायको साझा सत्रु कोरोना भाइरस(कोभिड–१९)का विरुद्ध एक जुट भएर महामारी परास्त गर्नुपर्ने ग्राण्डी इन्टरनेशनल अस्पतालका इन्टरनल मेडीशीन कन्सल्ट्यान्ट डा. अमित गौलीले बताएका छन् । 

सबै डटेर उक्त महामारीका बिरुद्ध सामाना गर्नुको बिकल्प नभएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्णले मानवसेवा गर्ने कसम खाएर पेसामा लगेको जनाए । 

उनले भने “अध्ययन पश्चातनै हामीले जस्तो सुकै  परिस्थितीमा पनि बिरामीलाई हामी सेवा गर्छो भनेर कसम खाएका छौं । सुरक्षाको उपाय अपनाउँदै हामीले सेवाको भावनाबाट बिचलित हुँदैनौं । हामी बिरामीको हित हुने स्थितीमा बिरामीको परिवारको खुसिको लागि हरसम्भव प्रयासरत नै रहन्छौं ।”
डा। गौलीका अनुसार स्वास्थ्य मन्त्रालयकै स्वीकृतिमा ग्रण्डी इन्टरनेशनल अस्पतालले प्राइभेट स्तरमा कोरोनाभाइरस ९कोभिड–१९०को उपचारर्थ आइसीयुसहित ४० बेड छुट्टयाइएको बतए ।

निजी अस्पतालले कोराना संक्रमितहरुको उपचार नगरेको हल्ला निराधार रहेको उक्त संक्रमित बिरामीहरुको उपचारको निम्ति तन, मन, धन, बुद्धि र विवेक सम्पूर्ण रुपले प्रयोग गरि अहोरात्र खटिरहेको उनको दावी छ । 

साथै, उनले कोभिड–१९ सँग नआत्तिन समेत सुझाएका छन् । स्वास्थ्य मन्त्रालयद्धारा जारी गरेका स्वास्थ्य सन्देशको पालना गर्दे नआत्तिन, संयमित र धैर रहनका शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपिनमा ख्याल राख्न, फ्रन्टलाइनमा खटिनेहरुका निम्ति तिरस्कार अपहेलना नगर्न आम जनमानसलाई आग्रहसमेत गरेका छन् । 

हाल विश्वभर फैलिरहेको कोरोना महामारीका कारण नेपालमा ५८ हजार भन्दामाथिको संख्यामा संक्रमितहरु देखिसकेका छन् भने ३सय ७९ जनाको कोभिड–१९कै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । संक्रमितहरु मध्ये ४१ हजार ७ सय माथीको संख्यामा निकोसमेत भइसकेको र हाल १६ हजार २ सय जनाको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।  

नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पनि बिहीबार उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाः विरामी सुरक्षाका लागि प्राथमिकता भन्ने मुख्या विषय र सुरक्षा स्वास्थ्यकर्मी भन्ने नाराका साथमा दिवस बनाउने घोषणा गरेको छ ।  विश्व स्वास्थ्य संगठनको आवहानमा विभिन्न भर्चुअल छलफल,प्रचार प्रचार र बहस पैरावी गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, स्वास्थ्यकर्मीहरूले काेभिड-१९ बाट निधन भएकाहरूकाे सम्झनामा मौनधारण र दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस