aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरोना संक्रमितलाई पाँच दिनमा निको पार्ने अनुशन्धानकर्ता ओलीको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
कोरोना संक्रमितलाई पाँच दिनमा निको पार्ने अनुशन्धानकर्ता ओलीको दाबी

काठमाडौं । आयुर्वेद अनुसन्धानकर्ता लक्ष्मी ओलीले पाँच दिनभित्र नै कोरोना संक्रमित विरामीलाई निको पार्ने दाबी गरेका छन् । आयुर्वेदिक जडिबुटीको माध्यमबाट आफूले कोरोना संक्रमित विरामीलाई निको पार्ने उनको दाबी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अहिलेसम्म तीन जना कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी दिएर निको पारिसकेको दाबी गरे । उनकाअनुसार आफूले ल्याएको उक्त औषधीको नाम ‘इम्युनिटी बुस्टर’ दिईएको छ । र, सोही औषधी कोरोना संक्रमित विरामीको लागि फलदायी हुने उनको दाबी छ । 

उनले भने,‘यो औषधी दिएर मैले अहिलेसम्म तीन जना कोरोना संक्रमित विरामीलाई निको पारेको छु । त्यो पनि चार र पाँच दिनको बीचमा, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ र ९ का तीन जना विरामीलाई मैले यो औषधीमार्फत निको पारेको हुँ । अहिले उहाँहरुमा कोरोनाको कुनैपनि लक्षण छैन् । र कोभिड–१९ को रिपोर्टपनि नेगेटिभ आएको छ । म सँग त्यसको प्रमाणहरुपनि सुरक्षित छ ।’

ओलीले कोभिड–१९ को सन्दर्भमा यस्तो भनेका छन्,‘कोभिड–१९ कोरोना भाइरस आरएनए, लीपीड र प्रोटीन मिलेर बनेको एउटा कोरोना जातको भाइरस हो । यो रोग मानिसको ¥याल, सिगान, खकार, थुकबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने र मानिसमा रुघा, खोकी, ज्वरो, टाइफाइड, निमोनिया, डायरीया जस्ता लक्षण देखिने र संक्रमित व्यक्तिमा इम्युनिटी घटेर जाने र फोक्सो, लिभर, मुटु, किड्नीको कार्य क्षमतामा ह्रास ल्याएर मूत्युको मुखसम्म पु¥याउने भाइरस हो ।’

अनुशन्धानकर्ता ओलीले आयुवेर्दिक उपचार पद्धती प्राचिनतम उपचार पद्धती भएको बताउँदै भनेका छन्,‘आयुवेर्दिक दर्शनले औषधिको र उपचारात्मक मात्र नभएर यो एक जिवन पद्धती हो । यो पद्धतीको विकास जव मानिस धर्तिमा जन्मीयो त्यही बेला बाट सुरु भएको हो । जव भोक लाग्दा आयु बढाउन भनेर आमाको स्तनपान ग¥योे त्यसपछि जंगलमा कन्दमुल र फलफूल खान थाल्यो । चोटपटक, घाउ लाग्दा, आगोले पोल्दा  विभिन्न माटो, जडिबुटी, गोवर लगाउन थाल्यो ।

त्यसै क्रममा मानिसले सिक्दै प्रयोगको क्रममा ज्ञान हाँसिल गर्दै गयो । यही ज्ञानको सिलसिलावद्ध, क्रमिक खोज, अध्ययन, अनुसन्धान बाट नै आजको अवस्थासम्म आइपुगेको हो । अनुसन्धान सधै भइरहेको हुन्छ । अनुसन्धानकै आधारमा पुस्तक लेखिन्छन् । पेटेन्ट राइट, बौद्धिक सम्पतिको संरक्षण, कपीराइट लगायत मानिसले गरेका खोज, अध्ययन र अनुसन्धानको आफ्नो दावी गर्न पाइने विश्वभरीकै प्रचलन हो ।’

उनका अनुसार अमेरीका, भारत र चीनमा पनि आ–आफ्ना खोज, अध्ययन र अनुसन्धान गरेर आफ्ना नाममा पेटेन्ट राइट दर्ता गर्ने चलन छ । उनले थपे,‘हाम्रो देशमा भएका धेरै जडिबुटीको पेटेन्ट राइट अमेरिकी, भारतीयले दर्ता गराएका छन् । ज्ञान कसै व्यक्तिको निजी हुँदैन । बरु त्यो ज्ञान त विश्व मानव समाज र मानवताका लागि अमुल्य हुने भएकाले ति ज्ञानको संरक्षण, पेटेन्ट दर्ता र अनुसन्धानलाई अगाडी बढाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस