
एजेन्सी । कोरोना भाइरसविरुद्धको रसियन खोप ‘स्पुतनिक—भी’ फेरि एक पटक चर्चामा आएको छ। युरोपका धेरै वैज्ञानिकहरुले त्यो खोपको नतिजाबारे यसअघि नै आशंकाहरु व्यक्त गर्दै आएका थिए । जसलाई पछिल्लो एउटा नतिजाले थप बलियो बनाएका छ । त्यो हो परिक्षणमा सामेल भएकाहरुमा देखिएको साइड इफेक्ट ।
तर, रुसले विकास गरेको स्पुतनिक पाँचको साइड इफेक्ट देखिएको छ। खोप लगाइएका सात स्वयंसेवक मध्य एक जनामा यसको साइड इफेक्ट देखिएको हो । खोपको साइड इफेक्ट देखिएको जानकारी स्वयं रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले दिएका हुन्। सरकारी न्युज एजेन्सी ताशकाअनुसार स्वास्थ्य मन्त्री मुराश्कोले भने, ‘४० हजार घोषित स्वयंसेवकहरू मध्ये तीन सय जना भन्दा बढीलाई स्पुतनिक पाँच खोप दिइइसकेको छ ।
यसैबीच खोप दिइएको १४ प्रतिशत स्वयंसेवकहरुले २४ घण्टामा कमजोरी, मांसपेशी दुख्ने र शरीरको तापक्रम बढ्ने गुनासो गरेका छन्। मुराश्कोले भने, ’कोरोना भाइरस खोप लगाएको भोलिपल्ट लक्षणहरू कम भएका छन्, खोप लगाएपछि आउने जटिलतालाई मुल्यांकन गरिरहिएको छ र खोप लगाएपछि त्यस्ता लक्षणहरू पूर्वानुमानित छन्।’
रुस कोरोना भाइरसविरुद्धको खोप स्वीकृत गर्ने पहिलो देश हो। स्पुतनिक पाँच खोपको अन्तिम क्लिनिकल परीक्षण यस महिनाको शुरुवातमा रुसको राजधानी मस्कोमा गरिएको थियो।
यस अघि नै अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्तादेखि केहि अन्य वैज्ञानिकहरुले रसियन खोपबारे गरेको पछिल्लो अध्ययनबारे शोधपत्र सार्वजनिक गरेको थिए । मेडिकल साइन्सबारे शोधपत्रहरु प्रकाशित गर्ने प्रद्धि जर्नल लेनसेन्टमा अघिल्लो हप्ता मात्र रसयन खोपबारे आशंका सहितका अनुसन्धानात्मक शोधपत्र प्रकाशित भएको थियो ।
प्रतिक्रिया दिनुहोस