aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

हालसम्मकै सार्वाधिक कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
हालसम्मकै सार्वाधिक कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा २०२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २०२० जना नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टामा थपिएको यो अहिलेसम्मकै धेरै संख्या हो । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ रहेको छ । संक्रमित मध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस