aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । २४ घण्टामा थपिने कोरोना संक्रमितको यो संख्या हालसम्मकै धेरै हो । 

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६९८ जना, ललितपुरका ८२ जना र भक्तपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ रहेको छ । संक्रमित मध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् ।  पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस