
काठमाडौं । नेपालमा हाल विभिन्न ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थप्एिका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका जिल्लाहरुमा काठमाडौं, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सिरहा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस