
काठमाडौं । काठमाडौं महानगरपालिकामा मात्रै ४४४ जना कोरोना संक्रमित सम्पर्क विहिन भएका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य महाशाखाका अनुसार कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका ४ सय ४४ जना सम्पर्कविहीन भएका हुन् ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गरी त्यसरी सम्पर्कविहीन हुने व्यक्ति पत्ता लगाउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिने गरेको छ।
काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य महाशाखाले शुक्रबार जारी गरेको तथ्यांकमा ४ सय ४४ जना कहाँ छन्, ‘नखुलेको’ उल्लेख छ। कोरोना रिपोर्ट पोजिटिभ आएका उनीहरू सम्पर्कविहीन भएपछि संक्रमण फैलिने त्रास बढेको हो।
प्रतिक्रिया दिनुहोस