
काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला, रौताहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६, ६८ वर्षीया महिला र ६० वर्षीय पुरुष, काठमाडौंकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीय महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस