aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

अध्यक्ष सुवाललाई कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
अध्यक्ष सुवाललाई कोरोना पुष्टि

भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत  हुन। 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको  अस्पतालले जनाएको छ । यसपछि उन  भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन ।

 जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस