
काठमाडौं । कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंकी ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष, पाल्पाकी ४० वर्षीया महिला रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस