aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । 

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६०२ जना, ललितपुरका ६४ जना र भक्तपुरका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ रहेको छ । संक्रमित मध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस