aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

गायक लोचन रिजाललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
गायक लोचन रिजाललाई कोरोना संक्रमण

काठमाडौं । गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण देखिएको छ। रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण देखिएको र आइसोलेसनमा रहेको बताएका छन्। त्यस्तै आफ्नो सम्पर्कमा आएका अन्य सबैलाई सचेत हुन र परीक्षण गर्न अनुरोध समेत गरेका छन्।

लोचनले धुलिखेल अस्पतालबाट कोरोना जाँच गराएका हुन्। आफूमा लक्षण देखिएपछि उनी धुलिखेलमा कोरोना जाँच गराउन पुगेको सेतोपाटीलाई टेलिफोन संवादमा बताए।

उनले लखेका छन्, ‘गत मंगलबारदेखि टाउको दुख्ने, ज्वरो आउने, जिउ गलेजस्तै हुने भएपछि कोरोना पो हो कि भन्ने लागेर परीक्षणका लागि बिहीबार बेलुका धुलिखेल अस्पताल आएको थिएँ । शुत्रबार बिहानै अस्पतालमा स्वाब दिएँ। बेलुका नै कोरोना पोजेटिभ भन्ने रिपोर्ट आयो।’ आफूमा कोरोना पुष्टि भएसँगै उनले परिवारसँग सम्पर्क राखे। अहिले उनी धुलिखेल अस्पतालबाट ३ किलोमिटर टाढा चौकोटस्थित होटलमा आइसोलेसनमा छन्। 

प्रतिक्रिया दिनुहोस