
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले बताएका छन् । नेपाल उद्योग परिसंघले आईतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा यस्तो बताएका हुन ।
मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ्गपास लिएको ७२ घण्टा भित्रको पी.सि.आर. टेस्ट नेगेटिभ लिएर आउदा पर्यटकलाई नेपाल आउन रोक नभएको बताए । अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनिमन्त्री भट्टराईले उल्लेख गरे । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्र्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमामन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी गराएका थिए ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिडसँग डराएरभन्दा पनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्थाआएकाले पर्यटन व्यवसायतथानागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए ।
परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघ संस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनु गरिनु पर्ने र उडानहरुलाई अकस्मात रद्ध गर्ने निर्णय लिन नहुने बताए । हवाइ इन्धनको शुल्क कम गरेर तथा पर्यटकीय पुर्वाधारको सुधार गरेर उड्डयन सेवालाई राहत दिन पनि मित्तलले आग्रह गरे ।
होटल एसोसिएसनका पूर्वअध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबै पक्षमा बिश्वास दिलाउन सहकार्य गरिनु पर्ने बताए ।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसा प्रदान गरिनु पर्ने तथा पर्यटकसँग नेपाल भित्रिसकेपछि पिसिआर टेष्ट अनिर्वाय गर्ने सो अवधिका लागि क्वारेन्टाइनको समय तीन दिनमा सिमित गर्ने तथा पिसिआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जानपाउनु पर्ने व्यवस्थाहुनु माग राखेका थिए ।
यसैगरि पर्वतारोहण संघका अध्यक्ष शान्तविर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा नेपाल सरकारले जारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिंङ्ग एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीहरूले पालना गराउन प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस