
काठमाडौं । कात्तिक ७ गतेबाट क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिले विदेशी च्यानललाई विज्ञापनरहित प्रसारण गर्नुपर्ने यो नियम लागू गराउन निर्देशन दिएको हो ।
बैठकमा सहभागी मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले निर्धारित मितिमै क्लिन फिड लागू गर्ने बताएका छन् । क्लिन फिड नियमनका लागि सरकारले ल्याएको विज्ञापन नियमन गर्ने ऐन २०७६ राष्ट्रपतिबाट प्रमाणित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस