aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए । 

उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको  सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।  उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस