
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५११ जना, ललितपुरका ७३ जना र भक्तपुरका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ रहेको छ । संक्रमित मध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस