
काठमाडौं । कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षीय पुरुष र अल्का अस्पतालमा उपचाररत ललितपुरका ७४ वर्षका पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ८० वर्षीय पुरुष विगत १ महिना देखि उनको अस्पतालमा उपचार भइरहेको थियो। भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो। त्यस्तै ७४ वर्षीय पुरुषलाई भदौ १७ गते अल्का अस्पताल गरिएको थियो । उनको मंगलवार बिहान मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस