aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ४९२ जना, ललितपुरका ५० जना र भक्तपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।    

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ रहेको छ । संक्रमित मध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १८९३ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस