aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाबाट भारतीय रेल राज्यमन्त्री अंगडीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
कोरोनाबाट भारतीय रेल राज्यमन्त्री अंगडीको मृत्यु

नयाँदिल्ली । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्समा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।

मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वयं ट्विट गर्दै उनले यसको जानकारी गराएका थिए। भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् । 

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस