aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
आईटी शिक्षा

लर्ड बुद्ध फाउण्डेसनबाट ४९ जना विद्यार्थीले दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७

काठमाडौं । लर्ड बुद्ध फाउन्डेसन (लर्ड बुद्ध ग्रुप अफ इन्स्टिच्यूट) २२ वर्ष पहिला स्थापना भएको एउटा सूचना प्रविधि सम्बन्धी पढाइ हुने कलेज हो । सूचना प्रविधि क्षेत्रमा अध्ययन गराउने लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालको पहिलो आईटी कलेज हो ।

प्रविधिलाई रोजगारीमा लगाउनु पर्छ भन्ने सोचका साथ यो कलेज स्थापना गरेको लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जालानले बताए । यो अवधिमा कलेजले बजारमा राम्रो पहिचान बनाएको छ । देश विदेशमा  ठूला आईटी कम्पनीमा लर्ड बुद्धका प्रडक्टले सिर्जनात्मक र इनोभेटिभ काम गरिरहेका उनले बताए । 

‘कलेज सञ्चालन गर्दै गर्दा नेपाली महिलालाई कम्प्युटर चलाउन सिकाउन सक्छु कि सक्दिन भन्ने दुविधा थियो,’ उनले भने । यसै बीच काठमाडौं, पोखरा, विरगञ्ज र जनकपुरमा पहिलो पटक कम्प्युटर सम्बन्धि तालिम सञ्चालन भयो । उक्त तालिममा महिलाको उपस्थिति राम्रो रह्यो, एक हदसम्म राम्रो मानियो । त्यति बेला शुरु भएको एक हप्ते, ६ महिने र एक महिने गरेर अहिलेसम्म करिव १० हजार महिलाहरूलाई लर्ड बुद्धले  निःशुल्क कम्प्युटर तालिम प्रदान गरिसकेको गर्वका साथ सुनाए । ‘यसमा कलेज गर्वको अनुभूति गर्छ,’ उनले थपे ।

 ‘लर्ड बुद्धले स्कलरसिप दिएकै कारण यहाँ आईटी कलेज स्थापना भएको हो,’ उनले थपे ‘यसमा कलेजले साह्रै खुशी छ र यसलाई सफलताको रुपमा लिएको छ ।’

सूचना प्रविधिको क्षेत्रमा कलेजले दुई दशक अघिनै काम गरिरहेका छ । कलेजले २००१ मा कम्प्युटर एसोसिएशन अफ नेपाल ‘क्यान’ सँग सहकार्य गरेर ५–६ जना विद्यार्थीहरूलाई २ वर्ष लगातार स्कलरसिप प्रदान गरेको थियो । त्यसको प्रतिफलको रुपमा बुटवलमा आईटी केलेज स्थापना भयो । बुटवलमा आईटी कलेज स्थापना हुनुमा लर्ड बुद्धको देन रहेको जालानको सुनाए ।  ‘लर्ड बुद्धले स्कलरसिप दिएकै कारण यहाँ आईटी कलेज स्थापना भएको हो,’ उनले थपे ‘यसमा कलेजले साह्रै खुशी छ र यसलाई सफलताको रुपमा लिएको छ ।’

अहिले जुन हिसाबले सूचना प्रविधिको डिमान्ड बढीरहेको छ । त्यस हिसावले आर्थिक रुपमा विपन्न र विशेष गरि महिलाहरूलाई सूचना प्रविधि सम्बन्धित विषयहरू पढाउन नचाहने सामाजिक मनोविज्ञान देखिन्छ । 

‘नेसनल आईसीटी स्कलरसिप– २०७७’को लागी आवेदन खुल्ला

त्यसलाई चिर्ने अठोट गर्दै तत्कालिन कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानसँग मिलेर नेशनल आईसीटी स्कलरसिप योजना बनाएर धेरैभन्दा धेरै विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी विषय पढाउने योजना कलेजले बनायो  । 

उक्त आईसीटी स्कलरसिप योजनामा हरेक प्रदेशबाट एक जना महिलालाई पूर्ण रुपमा निःशुल्क अध्ययन गर्ने गरि र अरु लगभग ४९ जनालाई आंशिक छात्रवृद्धि दिने योजना कलेजले बनायो  । यहि योजनलाई सफल बनाउन आजभन्दा २ वर्ष पहिला नेपालमा पहिलो नेशनल आईसीटी स्कलरसिप क्यान महासंघले घोषणा गर्यो । 

उक्त आईसीटी स्कलरसिप योजनामा हरेक प्रदेशबाट एक जना महिलालाई पूर्ण रुपमा निःशुल्क अध्ययन गर्ने गरि र अरु लगभग ४९ जनालाई आंशिक छात्रवृद्धि दिने योजना कलेजले बनायो  । यहि योजनलाई सफल बनाउन आजभन्दा २ वर्ष पहिला नेपालमा पहिलो नेशनल आईसीटी स्कलरसिप क्यान महासंघले घोषणा गर्यो । 

त्यसमा स्कलरसिप प्रदान गर्ने प्रतिवद्धता लर्ड बुद्ध एजुकेशन फाउन्डेसन गरेको हो । पहिलो वर्ष यो योजनालाई प्रचारप्रसार गर्यौ र पहिलो वर्ष ७ जना मागेकोमा ६ जना विद्यार्थीले निःशुल्क पढ्न पाए । उनीहरु अहिले पढ्दै पनि छन् । राम्रो पनि गरिरहेका छन् । ती ६ जना साच्चिकै गरिब विद्यार्थी हुन् ।

स्कलरसिप दिनका लागि क्यान महासंघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले निश्चित क्राइटेरिया बनाएको छ । साच्चिकै जेहेनदार र मेहनती विद्यार्थीले स्कलरसिप पाएका छन् । आईटी पढ्न जेहेन्दार विद्यार्थी त चाहिन्छ नै तर जेहेन्दारमा पनि गरिबीको मापदण्डलाई कलेजले पहिलो प्राथमितामा राख्यो  । पैसा पनि छैन अनि स्कलरसिपमा नाम पनि निकाल्न सक्दैन भने त्यस्तो विद्यार्थीलाई लक्षित गरेर कलेजले प्राथमिता निर्धारण गरेको हो ।

पहिलो वर्ष १८ जना, गत वर्ष १० जना र अहिले २८ जना विद्यार्थीले यो स्कलरसिप स्किममा अध्ययन गरिरेका छन् । यसमध्ये १२ जना महिलालाई पूर्ण रुपमा निःशुल्क अध्ययन लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले गराइरहेको छ ।

यसै वर्ष मात्र क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन् । छात्रवृति प्राप्त विद्यार्थीहरूले मलेसियाको एशिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बधनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

जसमध्ये ७ जना महिलाले पूर्णरुपमा निःशुल्क अध्ययनको सुविधा पाउने छन् भने अन्यलाई ४०, ५० र ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको कुवँरले बताए ।

क्यानका अध्यक्ष नवराज कुँवरले यो ग्रामिण भेगका विद्यार्थीहरुलाई आकर्षण गर्नका लागि लर्ड बुद्ध फाउन्डेसनको सहकार्यमा सात वटा प्रदेशबाट ७÷७ जनाको दरले ४९ जनालाई स्कलरसिप प्रदान गर्न लागेको बताए । जसमध्ये ७ जना महिलाले पूर्णरुपमा निःशुल्क अध्ययनको सुविधा पाउने छन् भने अन्यलाई ४०, ५० र ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको कुवँरले बताए ।

उनले भने, ‘स्कलरसिप विशेष गरि गरिब र महिलाका लागि हो । यसको छनोटको लागि अनलाइन मार्फत आवेदन मागेका छौँ । सबै जिल्ला, प्रदेश र केन्द्रमा हाम्रो स्कलरसिप छनोट समिति छ । जिल्लाले छनोट गरेर प्रदेशमा पठाउँछ अनि प्रदेशले छनोट गरेर केन्द्रमा पठाउँछ ।’ केन्द्रले फाइनल सिफारिस गर्छ ।’ 

उनले थपे, ‘छनोट प्रक्रिया पुरै पारदर्शी हुन्छ ।’ दुई वर्षमा हेर्ने हो भने हामीले मागे जति आएन यस वर्ष मागेजति आउँछ भन्ने आशा हामीले गरेका छौं ।’ साथै उनले यस्तो छात्रवृद्धि दिन पाएकोमा लर्ड बुद्ध फाउन्डेसनलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा अन्य सूचना प्रविधिसँग सम्बन्धित कलेजहरूलाई पनि यस्तो खालको छात्रवृद्धि प्रदान गर्नका लागि पहल गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस