
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६०९ जना, ललितपुरका ९५ जना र भक्तपुरका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ रहेको छ । संक्रमित मध्ये ५० हजार ४११ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस