
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या निरन्तर बृद्धि भइरहेको छ । भारतको नीति आयोगका सदस्य डा. वीके पालका अनुसार यदि मानिसहरूले सतर्कता अपनाएनन् भने भारतको करिब ८५ प्रतिशत जनसंख्या अर्थात करिब एक अर्ब मानिस कोरोनाबाट संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।
डाक्टर पालले भने, अब व्यक्तिहरूले मास्क, सामाजिक दूरी जस्ता नियमहरूको कडाईका साथ पालन गर्नुपर्छ । देशमा करिब ८०–८५ प्रतिशत मानिसहरु सहजै कोरोना भाइरसको शिकार हु्न सक्छन् । डाक्टर पालले भने, ‘भाइरसको पछाडिको विज्ञान यस्तो छ जुन एक जनाबाट ५ जनामा र ५ जनाले ५० जनामा फैलिनेछ ।’
डाक्टर पालले भने, ‘कसैले पनि भाइरसलाई रोक्न सक्दैन तर हामी निश्चित नियमहरू पालना गरेर यसलाई नियन्त्रणमा राख्न सक्छौं । भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) का एक वरिष्ठ अधिकारीका अनुसार ८०–८५ प्रतिशत भारतीयहरू संवेदनशील वर्गमा छन् र बाँकी १५ प्रतिशत मानिस या त कोरोनाबाट संक्रमित भएका छन् वा भाइरससँग लड्न उनीहरुमा राम्रो रोग प्रतिरक्षा प्रणालीको विकास भएको छ ।
केही दिन अघि स्वास्थ्यमन्त्री हर्षवर्धनले भनेका थिए कि हर्ट इम्यूनिटीको क्षमता विकास गर्न केही समय लाग्ने छ । त्यसैले सरकारको ध्यान महामारीलाई रोक्न अस्पतालहरूको व्यवस्थापन र संरक्षणका लागि रणनीति बनाइरहेको छ । सरकारका अनुसार सर्वेक्षणले अधिकांश जनसंख्या कोरोना भाइरसको खतरामा रहेको देखाएको छ ।
आईसीएमआरको राष्ट्रिय सिरोलोजिकल सर्वेक्षणको नतीजा अनुसार अधिकांश जनसंख्या संक्रमणको लागि संवेदनशील मानेको छ । त्यसैले भारतले संक्रमण रोक्न सार्वजनिक स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको समेत उक्त प्रतिवेदनले भनेको छ ।
आईसीएमआर भन्छ, बारम्बार जनसंख्या आधारित सेरो सर्वेक्षणले हाम्रो रणनीति कुन दिशामा महामारीको दिशामा गइरहेको छ भनेर पत्ता लगाउन सजिलो बनाउँदछ र हामी यसलाई सही रूपमा मूल्यांकन गर्न सक्छौं । सेरो सर्वेक्षण ८० भन्दाबढी जिल्लाका २८,००० भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो ।
जुलाई महिनामा दिल्लीको सेरो सर्वेक्षणमा गरेको अध्ययनमा करिब २३ प्रतिशत मानिसमा संक्रमणसँग लड्नका लागि एन्टिबडीहरू बनिसकेका थिए । बाँकी ७७ प्रतिशत संक्रमणको अति संवेदनशील वर्गमा थिए । यो सेरो सर्वेक्षण आईसीएमआर र रोग नियन्त्रणको लागि राष्ट्रिय केन्द्रद्वारा गरिएको थियो ।
आईसीएमआरका महामारी विज्ञान प्रमुख ललित कांतले भने, ‘भारतमा आउने मौसम चाडपर्वहरूको हुनेछ । यदि सम्पूर्ण जनसंख्याले कडाईका साथ नियमहरू पालना गरेनन् भने हामी भविष्यमा चुनौतीपूर्ण अवस्थाको सामना गर्न पर्ने आबस्था आउन सक्छ ।
प्रतिक्रिया दिनुहोस